बाइबल के भन्छ?
“धर्मशास्त्रमा भएका सबै कुरा परमेश्वरको प्रेरणाद्वारा लेखिएको हो।”—२ तिमोथि ३:१६, नयाँ संसार अनुवाद।
यो कुरा साँचो हो भने यसबाट तपाईँलाई कस्तो फाइदा हुन्छ?
जीवनसित सम्बन्धित महत्त्वपूर्ण प्रश्नहरूको चित्तबुझ्दो जवाफ पाउनुहुनेछ।—हितोपदेश २:१-५.
जीवनको हरेक मोडमा चाहिने भरपर्दो डोऱ्याइ पाउनुहुनेछ।—भजन ११९:१०५.
सुन्दर भविष्यको आशा पाउनुहुनेछ।—रोमी १५:४.
के यस कुरामा विश्वास गर्न सकिन्छ?
अवश्य। कम्तीमा तीन वटा कारण विचार गर्नुहोस्:
- बाइबलका कुराहरूमा एकरूपता। बाइबल लेख्न १,६०० भन्दा धेरै वर्ष लागेको थियो। यो लगभग ४० जना मानिसले लेखेका थिए। तिनीहरूमध्ये कतिपयले एकअर्कालाई कहिल्यै भेटेका थिएनन्। तैपनि बाइबलका कुराहरूमा एकरूपता छ, बाझिएका छैनन्। पूरै बाइबल एउटा मूल विषयमा केन्द्रित छ।
- इमानदार लेखकहरू। संसारका इतिहासकारहरूले अक्सर आफ्ना मानिसहरूको पराजय ढाकछोप गरिहाल्छन्। तर बाइबल लेखकहरूले भने आफूले र आफ्ना मानिसहरूले गरेको गल्ती प्रस्टै बताएका छन्।—२ इतिहास ३६:१५, १६; भजन ५१:१-४.
- भरपर्दो भविष्यवाणी। येसुको जन्म हुनुभन्दा झन्डै ७०० वर्षअघि उहाँ यहुदाको सानो सहर बेतलेहेममा जन्मनुहुनेछ भनेर बाइबलमा भविष्यवाणी गरिएको थियो। (मिका ५:२) येसुको जन्म कहाँ भयो? त्यही सहरमा।—मत्ति २:१, ३-९.बाइबलमा अन्य थुप्रै भविष्यवाणी छन्। ती भविष्यवाणीहरूमा बताइएको सानोभन्दा सानो कुरा पनि पूरा भए। परमेश्वरको वचनबाट हामी यही आशा गर्छौँ नि, होइन र?—२ पत्रुस १:२१.
यसबारे सोच्नुहोस्
परमेश्वरको वचनले कसरी तपाईँको जीवनलाई सुधार्न सक्छ?
यसैया ४८:१७, १८ र २ तिमोथि ३:१६, १७ मा बाइबलले यस प्रश्नको जवाफ दिएको छ।
Comments
Post a Comment