प्रश्न: के जुवा खेल्नु एउटा पाप हो? बाइबलले जुवा खेल्नुको बारेमा के भन्दछ? उत्तर: बाइबलले बिशेषगरि जुवा खेल्नु, शर्त लाउनु, वा चिठ्ठा थाप्नुलाई नराम्रो भन्दैन। यद्यपि बाइबलले हामीलाई रूपैयाँ पैसाको मोहबाट टाढा रहने चेतावनी दिन्छ (१ तिमोथी ६:१०; हिब्रू १३:५)। धर्मशास्त्रले हामीलाई “छिटो धनि बन्ने” कुराबाट टाढा बस्नु प्रोत्साहन गर्छ (हितोपदेश १३:११; २३:५; उपदेशक ५:१०)। जुवा खेल्नु निश्चय पनि पैसा प्रतिको मोहमा नै केन्द्रित हुन्छ र छिटो र सहजिलै धनी हुने लोभमा पर्दछ। जुवा खेल्नुमा के गलत छ? जुवा खेल्नु असहज विषय हो किनभने यदि यो नियन्त्रणमा र कहिलेकाहिँ मात्र खेलिन्छ भने, यो एउटा पैसा खेर फाल्नु हो तर यो अनिवार्य रुपले “खराब” चाहिँ होइन। मानिसहरुले धेरै किसिमका किर्याकलापहरुमा पनि पैसा खेर फाल्छन्। जुवा खेलेर पैसा नष्ट गर्ने वा चलचित्र हेरेर (धेरै उदाहरणमा), अनावश्यक खर्चिलो खानेकुरामा, अथवा बिनाकामको सामानहरु किनेर पैसा खर्च गर्ने बीच धेरै-धेरै भिन्नता भने हुदैनन्। यसै क्षणमा, अन्य थोकमा पनि पैसा खेर फालिन्छ भन्नाले जुवा खेल्नु उचित हो भन्ने हुदैन। रूपैयाँ-पैसा खेर फाल्नु हुदै...
प्रश्न: के अनन्तकालको सुरक्षा बाइबलीय हो? उत्तर: जब मानिसहरुले ख्रीष्टलाई तिनीहरुका मुक्तिदाताको रुपमा जान्ने छन्, तिनीहरु परमेश्वरसँगको सम्बन्धभित्र ल्याइएका हुने छन् जसले तिनीहरुका अनन्तकालको सुरक्षाको प्रत्याभूति दिन्छ। यहूदा २४ ले घोषणा गर्दछ, “अब, जसले तिमीहरुलाई पापमा फस्नदेखि बचाउन सक्नुहुन्छ र जसले तिमीहरुलाई आनन्दसहित उहाँकै महिमाको सामने निष्कलङ्क प्रस्तुत गर्न सक्नुहुन्छ।” परमेश्वरको शक्तिले विश्वासीहरुलाई पापमा फस्नदेखि बचाउँन सक्छ। हामीलाई उहाँको महिमाको उपस्थितिमा प्रस्तुत गर्नु, त्यो उहाँको इच्छाको कुरा हो, हाम्रो होइन्। हाम्रो अनन्तकालको सुरक्षा परमेश्वरद्वारा हामीलाई बचाएर राख्ने परिणाम हो, न कि हामीले आफ्नो मुक्ति आफै कायम राखेको कारणले हो। प्रभू येशूले घोषणा गर्नु भयो, “तिनीहरुलाई म अनन्त जीवन दिन्छु, र तिनीहरु कहिल्यै नष्ट हुनेछैनन् र कसैले तिनीहरुलाई मेरो हातबाट खोसी लैजानेछैन। पिताको हातबाट कसैले तिनीहरुलाई खोसी लानेछैनन्” (यहून्ना १०:२८-२९ब)। पिता र येशू दुवैले हामीहरुलाई उहाँको हातमा मजबूतरुपले कसेर पक्रिनुभएको छ। कसले हामीलाई पिता र पुत्र येशू दुवैको पकड...