Skip to main content

लोक सेवा को तया गर्दा कसरी पढ्ने ? ( जानकारिको लागि पूरा बिबरण पढ्नुहोला )

आजभोलि धेरै नेपाली युवाको सपना हुन्छ -लोकसेवामा नाम निकाल्ने र सरकारी जागिर खान । पछिल्लो समय नेपालमा निजामती सेवाको आकर्षण बढ्दो छ । खुलेका पदभन्दा सयौँ गुणा बढी आवेदन पर्छन् ।
देशमा बेरोजगारहरू बढिरहनु, अनि सरकारी जागिर भरपर्दो र सानदार (प्राइभेट जागिरको तुलनामा तलबभत्ता राम्रै) हुने हुँदा पनि यसप्रति युवा आकर्षण बढेको हो ।
ओखलढुगा च्यानमकी संगिता अधिकारी लाई सरकारी जागिर खाएर आफु आत्मनिर्भर बन्दै बुबा आमा र निजकका आफन्तको सपना कसरी सकार पार्ने भन्ने चिन्ता छ । ‘मलाइ लोकसेवा आयोगमा नाम र थर एकै पटक निकालेर सरकारी जागिर खाने ठुलो रहर छ ।’ अधिकारी भन्छिन् ‘मेरो मात्रै रहर होइन अग्रजको सपना पनि हो म सरकारी जागिरे भएको देख्ने । तर धेरै पढ्न धोक्न पनि सक्दिन । तरीका के होला ?’
अधिकारी एउटा उदाहरण मात्रै हुन् । उनि जस्तै धेरै युवाहरुको चाहाना छ लोकसेवा पास गर्ने र सरकारी जागिर खाने ।
लोकसेवा परीक्षा तयारीका लागि विशेष ट्युसन, कोचिङ सेन्टर पनि सहरमा थुप्रै खुलेका छन् । अनुभवीहरू भन्छन-लोकसेवामा नाम निकाल्न सजिलो छैन, सामान्य कक्षा लिएर वा स्वअध्ययनले मात्रै पुग्दैन, विशेष विधि र तरिका पनि अवलम्बन गर्नुपर्ने हुन्छ ।
तयारी कक्षा पढाउने शिक्षक ओखलढुगाका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद ज्ञवाली भन्छन्, ‘लोकसेवा आयोगको परीक्षा सोचेजस्तो सहज त नहोला, तर असम्भव पनि छैन । परीक्षा तयारी विधि र तौरतरिका वैज्ञानिक एवं व्यवस्थित बनाउँदै यसप्रतिको लगाव र झुकाव बढाउनुपर्छ, यसरी नियमित मेहनत गरेमा पास गर्न सकिन्छ ।’
कडा परिश्रम गर्ने पनि बारम्बार फेल भएको र तुलनात्मक रुपमा कम मेहनत गर्ने पनि पास भएको ज्ञावलीले थुप्रै देखेका छन् ।
‘यसो हुनुको कारण पढाइको विधि र तरिका नै हो,’ उनी भन्छन् ‘लोकसेवा परीक्षा अन्धाधुन्ध तयारी गर्ने कुरै होइन, पढ्दा सूत्रहरू बनाएर, रूटिन बनाएर बढ्नुपर्छ ।’
दिनमा ३ देखि ४ घन्टा पढ्दा पनि पुग्ने ज्ञावली सुझाउँछन् । यसमा उनी खास सूत्र बताउँछन् । ‘लेखेर पढ्नु धेरै प्रभावकारी हुन्छ । यो धेरैलाई थाहा भएको हुन सक्ने सामान्य तर परिमाणमुखी तरिका हो । लेखेर पढ्दा सम्झन मद्दत पुग्छ । मरिमेटेर लेख्दैमा मात्र पनि हुँदैन, किताब हुबहु घोकेर मात्रै पनि हुँदैन । पढेका कुरालाई चिन्तन-मनन गर्नुपर्छ । तथ्य र तर्कलाई अनुभव वा महसुस गर्न पनि सक्नुपर्छ । यसका लागि लेखेर पढ्नु राम्रो विधि हुन सक्छ ।
परीक्षामा आफूले जानेको नभई प्रश्नले मागेको व्यहोरा तोकिएको समयमा चातुर्यपूर्ण ढाँचाले प्रस्तुत गर्न पनि लेखन अभ्यास चाहिन्छ ।’
समसामयिक विषयमा अप टु डेट हुनुपर्छ, यसले ज्ञानको दायरा बढ्छ । उनी भन्छन्, ‘कतिपय वर्तमानका महत्वपूर्ण घटना तयारी पाठ्यपुस्तकमा समेटिन नसकेको पनि हुन सक्छ, कहिलेकाहीँ त्यस्ता प्रश्न पनि सोधिन सक्छन् । त्यसका लागि सबैखाले राष्ट्रिय र अन्तराष्ट्रिय घटनाबारे जानकारी राख्नुपर्छ ।’
सके सम्म पढ्ने र पढेका कुरालाई फुर्सद पाउने बित्तिकै स्मरण र मनन् गर्नु पनि परीक्षा तयारीको अर्को तरिका हो । यसो गर्दा दिमागमा विषयवस्तु सेट भइरहने र आवश्यकता अनुसार अभिव्यक्त गर्न सकिन्छ ।
‘लोकसेवा पढ्ने विद्यार्थी कल्पनाशील पनि हुनुपर्छ,’ उनी भन्छन्, ‘अगाडि नै लोकसेवा आयोगको परीक्षा उत्तीर्ण भई कार्यालयमा सेवाग्राहीहरूलाई सार्वजनिक सेवा प्रवाह गरेको कल्पना गर्नुपर्छ । यस्तो अभ्यासले भित्रैबाट पढ्ने इच्छाशक्ति जागृत हुन्छ ।’
राष्ट्रिय÷अन्तराष्ट्रिय समाचार तथा पत्रपत्रिकाहरू सुन्ने एवं पढ्ने, महत्त्वपूर्ण घटनाक्रम टिपोट गर्ने, सार्वजनिक सेवामा आबद्ध व्यक्तित्वहरूसँग छलफल गर्ने, साथै साथीभाइहरूसँग सहअध्ययन गर्नुपर्छ । यसले परीक्षार्थीलाई नतिजामूलक परीक्षाको तयारीका लागि अत्यन्तै फाइदा पुग्ने ज्ञवाली बताउँछन् । पछिल्लो केही महिना देखि लोकसेवा परीक्षा तयारी कक्षा पढाउँदै आएका ज्ञवालीभन्छन्,‘लोकसेवा जितेर जागिर खानु चानचुने कुरा होइन । अझ पहिलोपटक तयारी गर्नेहरूका लागि त फलामको चिउरा चपाएजत्तिकै गाह्रो पो हुन्छ त । मेहनत गर्न नसक्ने, नजान्ने र नचाहनेले लोकसेवाको परीक्षा नदिनु नै उचित हुन्छ ।’
हरेक समय उत्साहित रहने, मनोबल कम गर्ने कुरा नसोच्ने र सधैँभरि सकारात्मक सोच राख्नाले सफलता मिल्ने जानकारहरु बताउँछन् । कतिपय साइटमा त अनलाइन बाटै लोकसेवाको विषयगत तथा वस्तुगत अभ्यास गर्न सकिन्छ, लोकसेवाको तयारी सम्बन्धी विभिन्न फेसबुक पेजमा लाइक गर्दा पनि सघाउ पुग्छ । उनी भन्छन्, ‘लरोतरो तयारीले लोकसेवा पास हुन सकिन्न । डटेरै लाग्ने हो भने बाहिर हल्ला भएजस्तो गाह्रो कुरा पनि होइन ।’ धेरै विद्यार्थीले लोकसेवामा असाध्यै चासो र रहर देखाउँदादेखाउँदै सफल हुन नसकेको उनले देखेका छन् । भन्छन्, ‘इच्छा शक्तिले मात्र पनि परीक्षा कटाउन सकिँदैन, पढ्ने विधि वा तरिका जान्नुपर्छ ।’ सम्पूर्ण रुपमा विषयवस्तु बुझ्न, जानकारी हासिल गर्न स्वअध्ययनलाई बढाउनुपर्छ । ज्ञवाली भन्छन्, ‘पढ्ने कुरा धेरै छन्, एउटा जानकारी धेरै जानकारीसँग सम्बन्धित हुन सक्छन् । लोकसेवा परीक्षाकै लागि पढ्ने हो भने औसतमा दैनिक ४ देखि ५ घण्टा पढ्नैपर्छ, नत्र पढेर भ्याइँदैन ।’
कसरी सहज र रुचि दिएर पढ्ने त ? ज्ञावली सूत्र दिन्छन्, ‘पास हुनैपर्छ भनेर बाध्यकारी हिसाबले पढ्नु राम्रो होइन, यसले तनाव बढाउँछ । इच्छाशक्तिले रमाइलो मानेर पढ्नुपर्छ, पहिले त इच्छा, रुचि र सपना हुनुपर्यो । त्यसो भएपछि रमाइलो अनुभव गर्दै पढ्न सकिन्छ ।’ अनुभवी शिक्षकले सिफारिस गरेका पुस्तक पढ्दा फलदायी हुन्छ । ज्ञावली पनि उही साधारण सूत्र दोहोर्याउँछन्-अनि, लेखेर पढ्नुपर्छ ।
जिल्ला प्राबिधीक कार्यालयका इज्नीनियर पारश पाण्डे भन्छन्, ‘लोकसेवा रहर र करको कुरा होइन ।’ पाण्डेले पनि घोकन्ते तयारीमा विश्वास गर्दैनन् । ‘घोकेर होइन, विषयवस्तु बुझेर, केलाएर पढ्नुपर्छ । पुस्तक, इन्टरनेट, पत्रपत्रिकामा पाइने आवश्यक विषयवस्तु खोजीखोजी पढ्नुपर्छ ।’ पाण्डेको सूत्र छ-लगातार पढेर मात्र हुँदैन, बेला बखतमा आफैँ पनि परीक्षा लिनुपर्छ । त्यस्तै, दैनिक एक घन्टा पढ्ने र ३ घन्टा लेख्ने गर्नुपर्दछ पढ्दै-लेख्दै गरेका कुरा कहिल्यै बिर्सिदैन ।
अनुभिवहरु भन्छन्,-मरिमेटेर लेख्दैमा मात्र पनि हुँदैन, किताब हुबहु घोकेर मात्रै पनि हुँदैन । पढेका कुरालाई चिन्तन-मनन गर्नुपर्छ । तथ्य र तर्कलाई अनुभव वा महसुस गर्न पनि सक्नुपर्छ । यसका लागि लेखेर पढ्नु राम्रो विधि हुन सक्छ ।

Comments

Popular posts from this blog

नेपालको सबै जिल्लाहरु नाम र तिनिहरुको क्षेत्रफल र जनसंख्या ।

Province No. 1 Edit Districts of Province No. 1 Name Nepali Headquarters Area (km²) Population (2011) Website Bhojpur District भोजपुर जिल्ला Bhojpur 1,507 182,459 [1] Dhankuta District धनकुटा जिल्ला Dhankuta 892 163,412 [2] Ilam District इलाम जिल्ला Ilam 1,703 290,254 [3] Jhapa District झापा जिल्ला Bhadrapur 1,606 812,650 [4] Khotang District खोटाँग जिल्ला Diktel 1,591 206,312 [5] Morang District मोरंग जिल्ला Biratnagar 1,855 965,370 [6] Okhaldhunga District ओखलढुंगा जिल्ला Siddhicharan 1,074 147,984 [7] Panchthar District पांचथर जिल्ला Phidim 1,241 191,817 [8] Sankhuwasabha District संखुवासभा जिल्ला Khandbari 3,480 158,742 [9] Solukhumbu District सोलुखुम्बू जिल्ला Salleri 3,312 105,886 [10] Sunsari District सुनसरी जिल्ला Inaruwa 1,257 763,497 [11] Taplejung District ताप्लेजुंग जिल्ला Taplejung 3,646 127,461 [12] Terhathum District तेह्रथुम जिल्ला Myanglung 679 113,111 [13] Udayapur District उदयपुर जिल्ला Gaighat 2,063 317,532 [14] Province No. 1 प्रदेश नं० १ Biratnag

के जुवा खेल्नु एउटा पाप हो? बाइबलले जुवा खेल्नुको बारेमा के भन्दछ?

प्रश्न: के जुवा खेल्नु एउटा पाप हो? बाइबलले जुवा खेल्नुको बारेमा के भन्दछ? उत्तर:  बाइबलले बिशेषगरि जुवा खेल्नु, शर्त लाउनु, वा चिठ्ठा थाप्नुलाई नराम्रो भन्दैन। यद्यपि बाइबलले हामीलाई रूपैयाँ पैसाको मोहबाट टाढा रहने चेतावनी दिन्छ (१ तिमोथी ६:१०; हिब्रू १३:५)। धर्मशास्त्रले हामीलाई “छिटो धनि बन्ने” कुराबाट टाढा बस्नु प्रोत्साहन गर्छ (हितोपदेश १३:११; २३:५; उपदेशक ५:१०)। जुवा खेल्नु निश्चय पनि पैसा प्रतिको मोहमा नै केन्द्रित हुन्छ र छिटो र सहजिलै धनी हुने लोभमा पर्दछ। जुवा खेल्नुमा के गलत छ? जुवा खेल्नु असहज विषय हो किनभने यदि यो नियन्त्रणमा र कहिलेकाहिँ मात्र खेलिन्छ भने, यो एउटा पैसा खेर फाल्नु हो तर यो अनिवार्य रुपले “खराब” चाहिँ होइन। मानिसहरुले धेरै किसिमका किर्याकलापहरुमा पनि पैसा खेर फाल्छन्। जुवा खेलेर पैसा नष्ट गर्ने वा चलचित्र हेरेर (धेरै उदाहरणमा), अनावश्यक खर्चिलो खानेकुरामा, अथवा बिनाकामको सामानहरु किनेर पैसा खर्च गर्ने बीच धेरै-धेरै भिन्नता भने हुदैनन्। यसै क्षणमा, अन्य थोकमा पनि पैसा खेर फालिन्छ भन्नाले जुवा खेल्नु उचित हो भन्ने हुदैन। रूपैयाँ-पैसा खेर फाल्नु हुदैन। भ

फेसबुकले लाइभ फिचरमा कडाइ गर्ने भएको छ । तर किन ! (पूरा बिबरण हेर्नुहोल )

सानफ्रान्सिस्को — सामाजिक सञ्जाल फेसबुकले आफ्नो लाइभ फिचरमा कडाइ गर्ने भएको छ । न्युजिल्याण्डमा भएको गोलीबारीको घटनाको विषयलाई लिएर फेसबुले लाइभ फिचरमा केही कडाइ गर्ने लागेको हो । गत मार्च १५ मा  क्राईस्टचर्चको दुई मस्जिदमा बन्दुकधारीले अन्धाधुन्ध गोली हानी ५१ जनालाई मारेको  भिडियो फेसबुकमा लाइभ गरेपछि फेसबुकले यस्तो निर्णय आएको हो । फेसुबकले एक विज्ञाप्ति निकाल्दै फेसबुक लाइभमा 'वान स्ट्राइक पोलिसी' लगाइने जनाएको छ। जस अनुसार प्रयोगकर्ताहरुले कम्पनीको नियम उलंघन गरे उनीहरुकाे 'लाइभ फिचर' केही समयका लागि बन्द गरिनेछ ।फेसबुकले कस्ता कार्यहरु 'वान स्ट्राइक पोलिसी'मा पर्ने भन्ने बारे उल्लेख नगरेकोरोयटर्सले जनाएको छ । न्युजिल्याण्डका प्रधानमन्त्री जेसिनथा आर्ड्रनले फेसबुकको यो निर्णयले आतंककारी गतिविधिलाई निरुत्साहित बनाउने बताएकी छन् । फेसबुकले न्युजिल्याण्डमा भएको गोलीबारीको घटनासँग सम्बन्धित विश्वभरबाट फेसुकले १५ लाख वटा भिडियो हटाइको जनाएको छ ।