Skip to main content

एक पटकको उद्धार सधैँको उद्धार?

प्रश्न: एक पटकको उद्धार सधैँको उद्धार?


उत्तर: 
एक पटकको उद्धार पाएको व्यक्ति के सधैँको निम्ति उद्धार पाएको हुन्छ? जब मानीसहरुले ख्रीष्टलाई तिनीहरुका उद्धारकर्ताको रुपमा जान्दछन्, तिनीहरु परमेश्वरसँग सम्बन्धमा ल्याईएको हुन्छन् जसले तिनीहरुका उद्धार अनन्त रुपमा सुरक्षित छ भन्ने कुराको प्रत्यभूति दिन्छ। यो तथ्यलाई धर्मशास्त्रका धेरै खण्डहरुले घोषणा गर्दछन्: 

(क) रोमी ८:३० पदले घोषणा गर्दछ “जस-जसलाई उहाँले अघिबाटै नियुक्त गर्नुभयो, तिनीहरुलाई उहाँले बोलाउनु पनि भयो, र जस-जसलाई उहाँले बोलाउनुभयो, तिनीहरुलाई उहाँले धर्मी पनि ठहराउनुभयो, र जस-जसलाई धर्मी ठहराउनुभयो तिनीहरुलाई उहाँले महिमित पनि पार्नुभयो।” यो पदले हामीलाई बताउँछ कि परमेश्वरले हामीलाई चुनेकोक्षणदेखि नै हामी स्वर्गमा उहाँको उपस्थितिमा महिमित ठहरिएका हुन्छौ। त्यहाँ कुनै पनि कारण छैन जसले एउटा विश्वासिलाई एक दिन महिमित पारिन देखि रोक्न सक्ने छ। एक पटक धर्मी ठहरिएको व्यक्ति, उसको उद्धार निश्चित हुन्छ- उ तेतिनै सुरक्षित हुन्छ जति स्वर्गमा अघिबाटै महिमित पारिएको छ। 

(ख) पावलले रोमी ८:३३-३४ पदमा दुईवटा ठूलो महत्वको प्रश्नहरु सोध्छन् “परमेश्वरका चुनिएकाहरुका विरुद्धमा कसले अभियोग लाउनेछ? धर्मी ठहराउने परमेश्वर नै हुनुहुन्छ भने, दण्डको आज्ञा दिने को हो? मर्ने त ख्रीष्ट येशू हुनुहुन्छ, जो मरेकाहरुबाट जीवित पारिनुभयो, र परमेश्वरको दाहिने बाहुलीतर्फ हुनुहुन्छ, र हाम्रा निम्ति मध्यस्थ पनि गर्नुहुन्छु।” परमेश्वरको चुनावको विरुद्ध कसले अभियोग लगाउने छ? कसैले पनि लाउने छैन, किनभने ख्रीष्ट हाम्रो पक्षमा बोल्ने वकिल हुनुहुन्छ। कसले हामीलाई दण्ड दिनेछ? कसैले पनि दिने छैन, किनभने ख्रीष्ट, हाम्रो निम्ति मर्नु भयो, उहाँ नै जसले दण्ड दिनुहुन्छ। हामीसँग हाम्रो उद्धारकर्ताको रुपमा वकालत गर्ने र न्याय गर्ने दुबै हुनुहुन्छ। 

(ग) विश्वासीहरु नयाँ गरेर जन्मेका छन् (नयाँ गरि जन्मेको) जब देखि उनीहरुले विश्वास गर्दछन (यूहन्ना ३:३; तितस ३:५)। एउटा ख्रीष्टियनको निम्ति उहाँको मुक्ति गुमाउनु भनेको चाहिँ नयाँ गरी नजन्मेको हुनु हो। बाइबलले नयाँ जन्मलाई हटाएको कुनै पनि त्यस्तो प्रमाण दिदैन। (घ) पवित्र आत्मा हरेक विश्वासीहरुमा वास गर्नुहुन्छु (यूहन्ना १४:१७; रामी ८:९) र ख्रीष्टको शरीर भित्र सबै विश्वासीहरुलाई बप्तिस्मा दिनुहुन्छ (१ कोरिन्थी १२:१३)। एउटा विश्वासीको लागी उद्धार नपाएको हुनु भनेको, पवित्रआत्माले “वास नगरेको” र ख्रीष्टको शरीरबाट अलग पारेको हुनु हो। 

(ङ) यूहन्ना ३:१५ पदले स्पष्ट भन्छ कि जसले विश्वास गर्छ त्यसले “अनन्त जीवन पाउनेछ।” यदि तपाईं आज ख्रीष्टलाई विश्वास गर्नुहुन्छु र अनन्त जीवन पाउन हुन्छु, तर भोली यो गुमाउनु हुन्छ भने, त्यो कहिले पनि “अनन्त” थिएन। यसकारण यदि तपाईंले तपाईंको उद्धार गुमाउनु हुन्छ भने, बाइबलमा भएका अनन्त जीवनका प्रतिज्ञाहरु गलत हुन्छन्। 

(च) अति नै टुङ्गो लगाउने तर्कको निम्ति, मेरो विचारमा धर्मशास्त्रले यसलाई आफैमा असल भन्दछ, “किनकि म यो पक्का गरी जान्दछु, कि मृत्युले वा जीवनले, स्वर्गदुतहरुले वा प्रधान्ताहरुले, वर्तमानका कुराहरुले वा पछि हुने कुराहरुले, वा शक्तिहरुले, उचाइले वा गहिराइले, वा सारा सृष्टिका भएका कुनै पनि कुराले, ख्रीष्ट येशू हाम्रा प्रभुमा भएका परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्नेछैन” (रोमी ८:३८-३९)। याद गर्नुहोस् जुन परमेश्वरले तपाईंलाई उद्धार दिनुभयो त्यही परमेश्वरले तपाईंलाई सुरक्षित राख्नु हुनेछ। हामीले एक पटक पाएको उद्धार सधैँको उद्धार हो। हाम्रो उद्धार निश्चित रुपमा अनन्तको लागी सुरक्षित छ।

Comments

Popular posts from this blog

नेपालको सबै जिल्लाहरु नाम र तिनिहरुको क्षेत्रफल र जनसंख्या ।

Province No. 1 Edit Districts of Province No. 1 Name Nepali Headquarters Area (km²) Population (2011) Website Bhojpur District भोजपुर जिल्ला Bhojpur 1,507 182,459 [1] Dhankuta District धनकुटा जिल्ला Dhankuta 892 163,412 [2] Ilam District इलाम जिल्ला Ilam 1,703 290,254 [3] Jhapa District झापा जिल्ला Bhadrapur 1,606 812,650 [4] Khotang District खोटाँग जिल्ला Diktel 1,591 206,312 [5] Morang District मोरंग जिल्ला Biratnagar 1,855 965,370 [6] Okhaldhunga District ओखलढुंगा जिल्ला Siddhicharan 1,074 147,984 [7] Panchthar District पांचथर जिल्ला Phidim 1,241 191,817 [8] Sankhuwasabha District संखुवासभा जिल्ला Khandbari 3,480 158,742 [9] Solukhumbu District सोलुखुम्बू जिल्ला Salleri 3,312 105,886 [10] Sunsari District सुनसरी जिल्ला Inaruwa 1,257 763,497 [11] Taplejung District ताप्लेजुंग जिल्ला Taplejung 3,646 127,461 [12] Terhathum District तेह्रथुम जिल्ला Myanglung 679 113,111 [13] Udayapur District उदयपुर जिल्ला Gaighat 2,063 317,532 [14] Province No. 1 प्रदेश नं० १ Biratnag

के जुवा खेल्नु एउटा पाप हो? बाइबलले जुवा खेल्नुको बारेमा के भन्दछ?

प्रश्न: के जुवा खेल्नु एउटा पाप हो? बाइबलले जुवा खेल्नुको बारेमा के भन्दछ? उत्तर:  बाइबलले बिशेषगरि जुवा खेल्नु, शर्त लाउनु, वा चिठ्ठा थाप्नुलाई नराम्रो भन्दैन। यद्यपि बाइबलले हामीलाई रूपैयाँ पैसाको मोहबाट टाढा रहने चेतावनी दिन्छ (१ तिमोथी ६:१०; हिब्रू १३:५)। धर्मशास्त्रले हामीलाई “छिटो धनि बन्ने” कुराबाट टाढा बस्नु प्रोत्साहन गर्छ (हितोपदेश १३:११; २३:५; उपदेशक ५:१०)। जुवा खेल्नु निश्चय पनि पैसा प्रतिको मोहमा नै केन्द्रित हुन्छ र छिटो र सहजिलै धनी हुने लोभमा पर्दछ। जुवा खेल्नुमा के गलत छ? जुवा खेल्नु असहज विषय हो किनभने यदि यो नियन्त्रणमा र कहिलेकाहिँ मात्र खेलिन्छ भने, यो एउटा पैसा खेर फाल्नु हो तर यो अनिवार्य रुपले “खराब” चाहिँ होइन। मानिसहरुले धेरै किसिमका किर्याकलापहरुमा पनि पैसा खेर फाल्छन्। जुवा खेलेर पैसा नष्ट गर्ने वा चलचित्र हेरेर (धेरै उदाहरणमा), अनावश्यक खर्चिलो खानेकुरामा, अथवा बिनाकामको सामानहरु किनेर पैसा खर्च गर्ने बीच धेरै-धेरै भिन्नता भने हुदैनन्। यसै क्षणमा, अन्य थोकमा पनि पैसा खेर फालिन्छ भन्नाले जुवा खेल्नु उचित हो भन्ने हुदैन। रूपैयाँ-पैसा खेर फाल्नु हुदैन। भ

फेसबुकले लाइभ फिचरमा कडाइ गर्ने भएको छ । तर किन ! (पूरा बिबरण हेर्नुहोल )

सानफ्रान्सिस्को — सामाजिक सञ्जाल फेसबुकले आफ्नो लाइभ फिचरमा कडाइ गर्ने भएको छ । न्युजिल्याण्डमा भएको गोलीबारीको घटनाको विषयलाई लिएर फेसबुले लाइभ फिचरमा केही कडाइ गर्ने लागेको हो । गत मार्च १५ मा  क्राईस्टचर्चको दुई मस्जिदमा बन्दुकधारीले अन्धाधुन्ध गोली हानी ५१ जनालाई मारेको  भिडियो फेसबुकमा लाइभ गरेपछि फेसबुकले यस्तो निर्णय आएको हो । फेसुबकले एक विज्ञाप्ति निकाल्दै फेसबुक लाइभमा 'वान स्ट्राइक पोलिसी' लगाइने जनाएको छ। जस अनुसार प्रयोगकर्ताहरुले कम्पनीको नियम उलंघन गरे उनीहरुकाे 'लाइभ फिचर' केही समयका लागि बन्द गरिनेछ ।फेसबुकले कस्ता कार्यहरु 'वान स्ट्राइक पोलिसी'मा पर्ने भन्ने बारे उल्लेख नगरेकोरोयटर्सले जनाएको छ । न्युजिल्याण्डका प्रधानमन्त्री जेसिनथा आर्ड्रनले फेसबुकको यो निर्णयले आतंककारी गतिविधिलाई निरुत्साहित बनाउने बताएकी छन् । फेसबुकले न्युजिल्याण्डमा भएको गोलीबारीको घटनासँग सम्बन्धित विश्वभरबाट फेसुकले १५ लाख वटा भिडियो हटाइको जनाएको छ ।