Skip to main content

ख्रीष्टियनको बप्तिस्माको महत्व के हो?

प्रश्न: ख्रीष्टियनको बप्तिस्माको महत्व के हो?

उत्तर: ख्रीष्टियनको बप्तिस्मा दुई नियमहरू मध्य एक विधि हो जसलाई येशूले मण्डलीमा स्थापना गर्नु भयो। आफ्नो स्वर्गरोहण भन्दा ठीक पहिले, येशूले भन्नुभयो “यसकारण जाओ, र सबै देशका जातिहरुलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरुलाई बप्तिस्मा देओ, मैले तिमीहरुलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरुलाई सिकाओ। हरे, म युगको अन्त्यसम्म सधैँ तिमीहरुका साथमा छु” (मत्ती २८:१९-२०)। यी निर्देशनहरूले स्पष्ट रुपमा भन्दछ कि येशूको वचन सिकाउन, चेला बनाउन, र ती चेलाहरूलाई बप्तिस्मा दिनु नै मण्डलीको जिम्मेवारी हो। यी कुराहरू सबै ठाउँमा (“सबै जातिहरु”) जब सम्म “जगतको अन्त” न आउँदा सम्म गरिनु पर्दछ। त्यसैले, कुनै अन्य कारण होइन, बप्तिस्मा एउटा अति महत्त्वपूर्ण छ किनभने येशूले यसको आज्ञा दिनु भएको हो।

बप्तिस्माको अभ्यास मण्डलीको स्थापना भन्दा पहिले नै गरीएको थियो। प्राचीन समयका यहूदीहरूले अन्य विश्वासीहरुबाट आएका मानिसहरुलाई बप्तिस्माद्वारा उनीहरुका “शुद्ध” स्वभाव हुने संकेतको रुपमा देखाउदा थिए। यूहन्ना बप्तिस्मा दिने बप्तिस्माको उपयोग न केवल अन्य जातिहरु का लागि, सबैलाई आवश्यकताको रुपमा प्रभुको बाटो तयार गर्न, सबैलाई बप्तिस्मा आवश्यकता थियो, किनभने सबैलाई पश्चात्तापको आवश्यकता थियो। यद्यपि, यूहन्ना बप्तिस्मा दिने, जसले केवल पश्तापलाई दर्शाउदछ, त्यो ख्रीष्टियन बप्तिस्मा जस्तो होइन, जस्तो प्रेरित १८:२४-२६ र १९:१-७ मा देखिन्छ। ख्रीष्टियन बप्तिस्मा गहिरो विशेषता हुन्छ।

बप्तिस्मा पिता, पुत्र र पवित्र आत्माको नाउँमा हुन्छ— यो मिलेर नै ख्रीष्टियन बप्तिस्मा बनाउदछ। यो विधानकोद्वारा एक व्यक्तिलाई मण्डलीको संगतिमा स्वीकार गरिन्छ। जब हामी बचाइन्छौँ, तब हाम्रो “बप्तिस्मा” ख्रिष्टको शरीरमा आत्माकोद्वारा हुन्छ, जुन मण्डली हो। १ कोरिन्थी १२:१३ भन्दछ, “किनकि एउटै पवित्र आत्माद्वारा हामी सबैले एउटै शरीरमा बप्तिस्मा पाएका छौँ— यहूदी वा ग्रीक, कमारो वा फुक्का, हामी सबैलाई एउटै पवित्र आत्माबाट पिउन दिइयो।” पानीद्वारा बप्तिस्मा चाहिँ आत्माद्वारा दिएको बप्तिस्माको “पुन प्रदशन” हो।

ख्रीष्टियन बप्तिस्मा चाहिँ एउटा यस्तो माध्यम हो जसद्वारा एक व्यक्तिले विश्वास र चेलापनको सार्वजनिक रुपमा स्वीकार गर्दछ। पानी बप्तिस्मा मा, एक वक्तिले यी शब्दहरु भन्दछ, “म येशूमा आफ्नो विश्वासलाई स्वीकार गर्दछु; येशुले मेरो प्राणलाई पापबाट शुद्ध पार्नु भएको छ, र अब मसँग पवित्रता को जीवन नया जीवन छ। ख्रीष्टियन बप्तिस्माले, नाटकीय शैलीमा, ख्रीष्टको मृत्यु, गडाई, र पुनरुत्थानको चित्रण गर्दछ। त्येही समयमा, यसले पापको लागि हाम्रो मृत्यु र ख्रिष्टमा नयाँ जीवन को चित्रण गर्दछ। एउटा पापी जस्तै गरि प्रभु येशुलाई स्वीकार गरौँ, तब ऊ पापको निम्ति मर्ने छ (रोमी ६:११)। र नयाँ जीवन पाई उठ्नेछ (कलस्सी २:१२)। पानीमा डुबेको अवस्थाले पापको लागि मृत्युलाई प्रस्तुत गर्दछ, पानीबाट बाहिर निस्केर आएको अवस्थाले चाहिँ शुद्ध, पवित्र जीवनको चित्रण गर्दछ जसले उद्धारको अनुशरण गर्दछ। रोमी ६:४ ले यसरी भन्दछ, “यसकारण बप्तिस्माद्वारा हामी मृत्युमा उहाँसँगै गड़ियौं, ताकि जसरी पिताको महिमाद्वारा ख्रीष्ट मरेकाहरुबाट जीवित पारिनुभयो, त्यसरी हामी पनि नयाँ जीवनको मार्गमा हिँड़ौं”।

साधारण रुपमा बप्तिस्मा एक विश्वासीको अन्तरिक जीवनमा हुने परिवर्तनको बाहिरी गवाही हो। ख्रीष्टियन बप्तिस्मा उद्धार पछिको प्रभुको आज्ञापालनको एउटा कार्य हो; यद्यपि, बप्तिस्मा उद्धारको निकै नै नजिकसँग सम्बन्धित छ, यो बचाइनेको लागि एउटा शर्त होइन, बाइबलमा यस सम्बन्धित घटनाहरु को क्रम थुप्रै स्थानहरुमा देखाइएको छ १) पहिला एउटा व्यक्ति ले प्रभु येशू ख्रीष्टलाई विश्वास गरेको हुनुपर्छ र २) उसको बप्तिस्मा हुन्छ। यो क्रम प्रेरित २:४१ मा देखिन्छ, “जस जसले उनको (पत्रुस) कुरा ग्रहण गरे तिनीहरुले बप्तिस्मा लिए” (प्रेरित १६:१४-१५ पद पनि हेर्नुहोस्)।

येशू ख्रीष्टमा एउटा नयाँ विश्वासीले अतिशीघ्र बप्तिस्मा लिने इच्छा प्रकट गर्नु पर्दछ। प्रेरित ८ मा फिलिपले इथोयोपियाली नपुंसकलाई “येशुको सुसमाचार सुनाए”, र जब “अनि उनीहरु बाटोमा जाँदाजाँदै केही पानी भएको एउटा ठाउँनेर आइपुगे। ती नपुंसकले भने, ‘हेर्नुहोस्, यहाँ पानी रहेछ, मलाई बप्तिस्मा लेनदेखि केले रोक्न सक्छ?” (३५-३६ पदहरुमा)। त्यस पछि, उनीहरुले रथलाई रोके र फिलिपले त्यस व्यक्तिलाई बप्तिस्मा दिए।

बप्तिस्माले एउटा विश्वासीको परिचय येशुको मृत्यु, गडाई, र पुनरुत्थानको चित्रण गर्दछ। जहाँ कही पनि सुसमाचारको प्रचार गरिन्छ त्यहाँ मानिसहरुलाई बप्तिस्मा दिनु पर्दछ।

Comments

Popular posts from this blog

नेपालको सबै जिल्लाहरु नाम र तिनिहरुको क्षेत्रफल र जनसंख्या ।

Province No. 1 Edit Districts of Province No. 1 Name Nepali Headquarters Area (km²) Population (2011) Website Bhojpur District भोजपुर जिल्ला Bhojpur 1,507 182,459 [1] Dhankuta District धनकुटा जिल्ला Dhankuta 892 163,412 [2] Ilam District इलाम जिल्ला Ilam 1,703 290,254 [3] Jhapa District झापा जिल्ला Bhadrapur 1,606 812,650 [4] Khotang District खोटाँग जिल्ला Diktel 1,591 206,312 [5] Morang District मोरंग जिल्ला Biratnagar 1,855 965,370 [6] Okhaldhunga District ओखलढुंगा जिल्ला Siddhicharan 1,074 147,984 [7] Panchthar District पांचथर जिल्ला Phidim 1,241 191,817 [8] Sankhuwasabha District संखुवासभा जिल्ला Khandbari 3,480 158,742 [9] Solukhumbu District सोलुखुम्बू जिल्ला Salleri 3,312 105,886 [10] Sunsari District सुनसरी जिल्ला Inaruwa 1,257 763,497 [11] Taplejung District ताप्लेजुंग जिल्ला Taplejung 3,646 127,461 [12] Terhathum District तेह्रथुम जिल्ला Myanglung 679 113,111 [13] Udayapur District उदयपुर जिल्ला Gaighat 2,063 317,532 [14] Province No. 1 प्रदेश नं० १ Biratnag

के जुवा खेल्नु एउटा पाप हो? बाइबलले जुवा खेल्नुको बारेमा के भन्दछ?

प्रश्न: के जुवा खेल्नु एउटा पाप हो? बाइबलले जुवा खेल्नुको बारेमा के भन्दछ? उत्तर:  बाइबलले बिशेषगरि जुवा खेल्नु, शर्त लाउनु, वा चिठ्ठा थाप्नुलाई नराम्रो भन्दैन। यद्यपि बाइबलले हामीलाई रूपैयाँ पैसाको मोहबाट टाढा रहने चेतावनी दिन्छ (१ तिमोथी ६:१०; हिब्रू १३:५)। धर्मशास्त्रले हामीलाई “छिटो धनि बन्ने” कुराबाट टाढा बस्नु प्रोत्साहन गर्छ (हितोपदेश १३:११; २३:५; उपदेशक ५:१०)। जुवा खेल्नु निश्चय पनि पैसा प्रतिको मोहमा नै केन्द्रित हुन्छ र छिटो र सहजिलै धनी हुने लोभमा पर्दछ। जुवा खेल्नुमा के गलत छ? जुवा खेल्नु असहज विषय हो किनभने यदि यो नियन्त्रणमा र कहिलेकाहिँ मात्र खेलिन्छ भने, यो एउटा पैसा खेर फाल्नु हो तर यो अनिवार्य रुपले “खराब” चाहिँ होइन। मानिसहरुले धेरै किसिमका किर्याकलापहरुमा पनि पैसा खेर फाल्छन्। जुवा खेलेर पैसा नष्ट गर्ने वा चलचित्र हेरेर (धेरै उदाहरणमा), अनावश्यक खर्चिलो खानेकुरामा, अथवा बिनाकामको सामानहरु किनेर पैसा खर्च गर्ने बीच धेरै-धेरै भिन्नता भने हुदैनन्। यसै क्षणमा, अन्य थोकमा पनि पैसा खेर फालिन्छ भन्नाले जुवा खेल्नु उचित हो भन्ने हुदैन। रूपैयाँ-पैसा खेर फाल्नु हुदैन। भ

फेसबुकले लाइभ फिचरमा कडाइ गर्ने भएको छ । तर किन ! (पूरा बिबरण हेर्नुहोल )

सानफ्रान्सिस्को — सामाजिक सञ्जाल फेसबुकले आफ्नो लाइभ फिचरमा कडाइ गर्ने भएको छ । न्युजिल्याण्डमा भएको गोलीबारीको घटनाको विषयलाई लिएर फेसबुले लाइभ फिचरमा केही कडाइ गर्ने लागेको हो । गत मार्च १५ मा  क्राईस्टचर्चको दुई मस्जिदमा बन्दुकधारीले अन्धाधुन्ध गोली हानी ५१ जनालाई मारेको  भिडियो फेसबुकमा लाइभ गरेपछि फेसबुकले यस्तो निर्णय आएको हो । फेसुबकले एक विज्ञाप्ति निकाल्दै फेसबुक लाइभमा 'वान स्ट्राइक पोलिसी' लगाइने जनाएको छ। जस अनुसार प्रयोगकर्ताहरुले कम्पनीको नियम उलंघन गरे उनीहरुकाे 'लाइभ फिचर' केही समयका लागि बन्द गरिनेछ ।फेसबुकले कस्ता कार्यहरु 'वान स्ट्राइक पोलिसी'मा पर्ने भन्ने बारे उल्लेख नगरेकोरोयटर्सले जनाएको छ । न्युजिल्याण्डका प्रधानमन्त्री जेसिनथा आर्ड्रनले फेसबुकको यो निर्णयले आतंककारी गतिविधिलाई निरुत्साहित बनाउने बताएकी छन् । फेसबुकले न्युजिल्याण्डमा भएको गोलीबारीको घटनासँग सम्बन्धित विश्वभरबाट फेसुकले १५ लाख वटा भिडियो हटाइको जनाएको छ ।