Skip to main content

के क्षमा प्राप्त गर्नुभएको छ? तपाइले कसरी परमेश्वर सगं क्षमा पाऊँन सक्छु?

प्रश्न: के क्षमा प्राप्त गर्नुभएको छ? म कसरी परमेश्वर सगं क्षमा पाऊँन सक्छु?


उत्तर: 
प्रेरित १३:३८ ले भन्दछ कि, "यसकारण भाइ हो, तपाईंहरूलाई थाहा होस्, कि यी नै मानिसद्वारा पाप-क्षमा हुन्छ भन्ने घोषणा तपाईंहरूलाई गरिएको छ।"

क्षमा के हो र मलाई यसको किन आश्वयकता छ?

"क्षमा" शब्द को अर्थ शिला-पाटि लाई पोछेर सफा गर्नु, क्षमा गर्नु, र ऋण हटाई दिनु हो। जब हामी कोही प्रति केहि गलत गर्दछौँ, तब हामी उससँग क्षमा पाउँने प्रयास गर्दछौँ ताकि हाम्रो सम्बन्ध पुन: स्थापित होस्। क्षमा यसकारण दिन् सकिदैन किनकी सबै व्यक्ति क्षमा प्राप्त गर्नको लागी योग्य छैन्। कोही पनी क्षमा प्राप्त गर्न को लागी योग्य छैन्। क्षमा प्रेम, दया तथा अनुग्रह को एक कार्य हो। क्षमा दिनु एउटा यस्तो निर्णय हो, जसमा अरुको लागि आफ्नो मनमा केहि पनि कुरा राखी नरहनु। 

बाइबल ले हामीलाई बताउँद छ कि हामी सबैलाई परमेश्वरसँग क्षमा पाउँन जरूरी छ। हामी सबैले पाप गरेका छौँ। उपदेशक ७:२० बताउँदछ, "संसारमा यास्तो कुनै धर्मी मानिस छैन, जसले सबै काम ठीक गर्छ र कहिल्यै पाप गर्दैन।" १ युहन्ना १:८ भन्दछ, "यदि हामीमा पाप छैन भनी हामी भन्छौँ भनेता हामीले आफैलाई धोखा दिन्छौँ, र हामीमा सत्य हुँदैन।" सबै पापहरु अन्तिम सम्म परमेश्वरको विरूद्ध विद्रोहको एक कार्य हो (भजन सग्रंह ५१:४)। फलस्वरूप, हामीलाई परमेश्वरको क्षमाको अति आवश्यक छ। यदि हाम्रो पाप क्षमा हुदैन भने त, हामीले अनन्तकाल सम्म आफ्नो पापको परिणाम को दु:ख भोगीरहने छौँ (मती २५:४६, यूहन्ना ३:३६)। 

क्षमा – मैले कसरी पाउँन सक्छु?

धन्यवाद, परमेश्वर प्रेमी र दयालु हुनुहुन्छ –हाम्रो पापको क्षमा गर्न तयार हुनहुन्छ! २ पत्रुस ३:९ हामीलाई भन्दछ कि, "...तर कोही पनि नष्ट नहोस्, तर सबै जनाले पश्चात्ताप गरून् भन्ने इच्छा गरेर प्रभु तिमीहरुप्रति धैर्यवान् हुनुहुन्छ।" परमेश्वरले हामीलाई क्षमा गर्न इच्छा राख्नु हुन्छ, यसकारण उहाँले हामीलाई क्षमा दिनु भएको हो। 

हाम्रो पापको दण्ड केवल मृत्यु हो। रोमी ६:२३ को पहिला को भाग यो बताउँदछ कि, "किनकी पापको ज्याला मृत्यु हो..." हामीले आफ्नो पापको लागी अनन्त मृत्यु कमाएका छौँ। परमेश्वर, उहाँको पूर्ण योजनाको अनुसार, मानिस – येशू ख्रीष्ट बन्नुभयो (यूहन्ना १:१,१४)। येशू क्रूस माथी, हाम्रो दण्ड लाई लिएर भर्नुभयो जसको लायक हामी थियौँ अर्थात् – मृत्यु। २ कोरिन्थ ५:२१ हामीलाई यो शिक्षा दिन्छ, "किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौँ भनेर पाप नचिन्नुहुनेलाई परमेश्वरले हाम्रा खातिर पाप बनाउनुभयो।” येशू क्रूस माथि, त्यो दण्डलाई लिएर मर्नुभयो जसको लायक हामी थियौँ। परमेश्वरको रूप मा, येशूको मृत्युले समस्त संसारको पापको लागी क्षमा उपलब्ध गराउनु भयो। १ यूहन्ना २:२ बताउँद छ, "उहाँ हाम्रा पापका निम्ति प्रायश्चित हुनुहुन्छ, र हाम्रा निम्ति मात्र होइन तर सारा संसारका पापका निम्ति पनि।" येशू मृत्यु बाट बौरी उठनु भयो, पाप र मृत्यु माथि विजय को घोषणा गर्नुभयो (१ कुरिन्थी १५:१-२८)। परमेश्वरको स्तुति होस्, येशूको मृत्यु र पुनरूत्थान द्वारा, रोमी ६:२३ को दोस्रो भाग सत्य भयो, "तर परमेश्वरको सिच्तैँको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो।"

के तपाईं आफ्नो पापको क्षमा चाहानुहुन्छ? के तपाईं अपराधीक भावनाबाट सताईनु भएको छ ऱ यसबाट छुटकारा पाउनु भएको छैन? यदि तपाईं येशू ख्रीष्टमा विश्वास राख्नु हुन्छ भने तपाईंको पापको लागि क्षमा उपल्बध छ। एफिसी १:७ ले भन्दछ कि, "उहाँको अपार अनुग्रहअनुसार ख्रीष्टको रगतद्वारा हामी उहाँमा उद्धार, हाम्रा पापको क्षमा पाउँछौँ," येशूले हाम्रो पापको ऋण चुकाई दिनुभएको छ, यसकारण हामीहरूले क्षमा पाएका छौँ। तपाईंले गर्नुपर्ने यो हो कि येशू ख्रीष्टको नाउँमा क्षमा मागी, येशूको मृत्युमा विश्वास राख्नु- र उहाँले तपाईंलाई क्षमा दिनु हुनेछ। यूहन्ना ३:१६-१७ मा यो सुन्दर सन्देश मिल्दछ कि, "किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।"

क्षमा – के यो प्राप्त गर्न सजीलो छ?

हो, यो सजिलो नै छ! तपाईंले परमेश्वरबाट क्षमा कमाउन सक्नु हुन्न। तपाईं परमेश्वरद्वारा दिनु भएको क्षमाको मुल्य चुकाउन सक्नुहुन्न। तपाईं केवल यसलाई विश्वास को माध्यम द्वारा, परमेश्वरको अनुग्रह तथा दया द्वारा प्राप्त गर्नुसक्नु हुन्छ। यदि तपाईंले येशू ख्रीष्टलाई आफ्नो मुक्तिदाता भनी स्वीकार गर्न र परमेश्वरबाट आफ्नो पापको क्षमा चाहनुहुन्छ भने, यो सरल प्रार्थना तपाईंले गर्न सक्नुहुन्छ। यो प्रार्थना गर्नाले वा अरू कुनै प्रार्थनाले तपाईंलाई बचाउन सक्दैन। येशू ख्रीष्टलाई विश्वास गरेर मात्र पापहरूको क्षमा पाइन्छ। यो प्रार्थना केवल तपाईंको विश्वासलाई प्रभुमा व्यक्त गर्न र तपाईंलाई क्षमा दिनुभएकोमा धन्यवाद चढाउनु हो। “प्रभु, म जान्दछु कि मैले तपाईंको विरूद्धमा पाप गरेको छु, र सजाय पाउने योग्यको छु। तर येशू ख्रीष्टले त्यो सजाय भोग्नुभयो जसको म योग्य थिए, ताकि उहाँमा विश्वास गरेर मेरो क्षमा हुन सकोस्। मुक्तिको लागि म मेरो भरोसा तपाईंमा राख्दछु। तपाईंको अचम्मको अनुग्रह र क्षमादानको निम्ति तपाईंलाई धन्यवाद! आमिन!”

के तपाईंले यहाँ लेखिएका कुरा पढेर ख्रीष्टलाई ग्रहण गर्ने निर्णय गर्नुभएको छ? यदि छ भने तल दिएको "मैले आज ख्रीष्टलाई ग्रहण गरेको छु" भन्ने बटनमा क्लिक गर्नुहोस्।

Comments

Popular posts from this blog

नेपालको सबै जिल्लाहरु नाम र तिनिहरुको क्षेत्रफल र जनसंख्या ।

Province No. 1 Edit Districts of Province No. 1 Name Nepali Headquarters Area (km²) Population (2011) Website Bhojpur District भोजपुर जिल्ला Bhojpur 1,507 182,459 [1] Dhankuta District धनकुटा जिल्ला Dhankuta 892 163,412 [2] Ilam District इलाम जिल्ला Ilam 1,703 290,254 [3] Jhapa District झापा जिल्ला Bhadrapur 1,606 812,650 [4] Khotang District खोटाँग जिल्ला Diktel 1,591 206,312 [5] Morang District मोरंग जिल्ला Biratnagar 1,855 965,370 [6] Okhaldhunga District ओखलढुंगा जिल्ला Siddhicharan 1,074 147,984 [7] Panchthar District पांचथर जिल्ला Phidim 1,241 191,817 [8] Sankhuwasabha District संखुवासभा जिल्ला Khandbari 3,480 158,742 [9] Solukhumbu District सोलुखुम्बू जिल्ला Salleri 3,312 105,886 [10] Sunsari District सुनसरी जिल्ला Inaruwa 1,257 763,497 [11] Taplejung District ताप्लेजुंग जिल्ला Taplejung 3,646 127,461 [12] Terhathum District तेह्रथुम जिल्ला Myanglung 679 113,111 [13] Udayapur District उदयपुर जिल्ला Gaighat 2,063 317,532 [14] Province No. 1 प्रदेश नं० १ Biratnag...

के येशू परमेश्वर हुनुहुन्छ? येशूले कहिल्यै पनि परमेश्वरको भएको दाबी गर्नुभयो?

प्रश्न: के येशू परमेश्वर हुनुहुन्छ? येशूले कहिल्यै पनि परमेश्वरको भएको दाबी गर्नुभयो? उत्तर:  बाइबलले हामीलाई यो विवरण दिदैन कि येशूले सुनिश्चित शब्द भन्नुभयो, “म परमेश्वर हुँ।” तैपनि, यसको यो अर्थ होइन कि, उहाँले यो घोषणा गर्नुभएन कि उहाँ परमेश्वरको होइन। उदाहरणको लगी यूहन्ना १०:३० “मा येशूका यी शब्दहरु, पिता र म एक हौं।” हामीले यहूदीहरुको प्रतिक्रिया हेर्न आवश्यक थियो जब येशूले यो दाबी गर्नु भयो कि ऊहाँ नै परमेश्वर हो। ऊनीहरुले यस कारणको लागि ऊहाँलाई यो भन्दै ढुंगा हान्ने कोसिस गरे कि “...तिमी, मानिस भएर पनि आफैलाई परमेश्वर तुल्याउँछौँ”( यूहन्ना १०:३३)। यहूदीहरुले यो स्पष्ट बुझे कि येशूले के घोषणा गर्नु भयो— उहाँको ईश्वरत्व। याद गर्नुहोस येशूले आफू परमेश्वर भएको दाबी आस्विकार गर्नु भएन। जब येशूले यो घोषणा गर्नुभो, “पिता र म एक हौँ” (यूहन्ना १०:३०), यहाँ ऊहाँले यो भन्न खोज्दै हुनुहुन्छ कि ऊहाँ र पिता एउटै स्वभाव र आत्माको हुनुहुन्छ। यूहन्ना ८:५८ आर्को उदाहरण हो। “येशूले भनुभयो, साँच्चै म तिमीहरुलाई भन्दछु, अब्राहम हुनुभन्दा अघिबाटै, म छँदैछु!” जुन यहूदीहरुले यो कथन सुने ऊनीहरुको...

आत्माहत्याको प्रति ख्रीष्टियनहरुका दृष्टिकोण कस्तो हुन्छ? बाइबलले आत्माहत्या बारेमा के भन्दछ?

प्रश्न: आत्माहत्याको प्रति ख्रीष्टियनहरुका दृष्टिकोण कस्तो हुन्छ? बाइबलले आत्माहत्या बारेमा के भन्दछ? उत्तर:  बाइबलले छ वटा विशेष व्यक्तिहरुले आत्माहत्या गरेको कुराको उल्लेख गर्दछ: अबीमेलेक (न्यायकर्ता ९:५४), शाऊल (१ शामुएल ३१:४), शाऊलले हतियार बोक्ने (१ शामुल ३१:४-६), अहीतोपेल (२ शामुएल १७:२३), जिम्री (१ राजा १६:१८), यहूदा (मत्ती २७:५)। तिनीहरु मध्येका पाँच जना दुष्ट, पापी थिए। (शाऊलको हतियार बोक्नेको सम्बन्धमा धेरै भनिएको पाईदैन जसको कारण उसको चरित्रको बारे न्याय गर्न सकिदैन)। कसैले विचार गर्छन् कि शिमशोन पनि एक आत्माहत्याको उद्धाहरण हो (न्यायकर्ता १६:२६-३१), तर शिमशोनको उदेश्य भनेको पलिश्तीहरुलाई मार्न थियो आफैलाई होइन। बाइबलले आत्माहत्यालाई हत्या कै बराबरमा हेर्दछ, जुन यस्तो कार्य हो जसमा— आफैलाई मार्नु हो। एउटा व्यक्ति कहिले र कसरी मर्नुपर्छ भन्ने निर्णय गर्ने परमेश्वर मात्र हुनहुन्छ।  बाइबल अनुसार, यदि एउटा व्यक्तिले आत्माहत्या गर्छ भने ऊ स्वर्गभित्र प्रवेश पाउँछ वा पाउदैन भन्ने कुराको निर्धारण हुदैन। यदि एउटा मुक्ति नपाएको व्यक्तिले आत्माहत्या गर्दछ भने, तिनीले केहि...