Skip to main content

के बाइबल साच्चै परमेश्वरको वचन हो त?

प्रश्न : के बाइबल साच्चै परमेश्वरको वचन हो त?


उत्तर : यस प्रश्नको उत्तरले यो हामीले कसरी बाइबललाई हेर्दछौँ, बाइबलको हाम्रो जीवनमा के महत्व छ? यि कुराहरुलाई मात्र निश्चित गर्दैन तर अन्त्यमा यसले हामीमा अनन्त प्रभाव पनि पार्नेछ। यदि बाइबल साँच्चै परमेश्वरको वचन हो भने, हामीले यसलाई लिनुपर्दछ, पढ्नु पर्दछ, पालना गर्नुपर्दछ, र यसमाथि हामीले पुरा भरोसा गर्नुपर्दछ। यदि बाइबल परमेश्वरको वचन हो भने बाइबललाई उल्लंघन गर्नु वा इन्कार गर्नु भनेको परमेश्वरलाई नै इन्कार गर्नु हो।

सत्य यही हो कि परमेश्वरले आफ्नो प्रेमको प्रमाण र उदाहरण स्वरूप बाइबल हामीलाई दिनुभएको हो। "प्रकाश" शब्दको साधारण अर्थ चाहीँ परमेश्वर कस्तो हुनुहुन्छ र हामीले कसरी उहाँसँग ठीक सम्बन्ध राख्न सक्छौ भनी मानिससित परमेश्वरले गर्नुभएको बातचित हो। यि यस्ता कुराहरू हुन यदि परमेश्वरले यी कुराहरुलाई बाइबलमा प्रकट नगर्नु भएको भए हामीले कहिल्यै पनि यि कुराहरुलाई जान्ने थिएनौँ। परमेश्वरले आफ्नो प्रकाश बाइबलमा क्रमिकरुपमा लगभग १५०० वर्षलगाएर दिनुभएको हो, मानिसले परमेश्वरको बारेमा जान्न चाहेने र उहाँसँग ठीक सम्बन्ध राख्न चाहेमा मानिसलाई यिनी कुराहरू सम्बन्धित चाँहिने सबैथोक परमेश्वरले बाइबलमा राखिदिनुभएको छ। यदि बाइबल साँच्चै परमेश्वरको वचन हो भने, यो नै विश्वासको विषयमा, धार्मिक अभ्यासको बिषयमा र नैतिकताको विषयमा अन्तिम अधिकार हो। 

एउटा प्रश्न हामीले आफैलाई सोध्नै पर्छ कि कसरी हामी जान्न सक्छौं कि बाइबल परमेश्वरको वचन हो र यो एक असल पुस्तक मात्रै होइन? बाइबल कुन कारणले अबितीय छ कि जसले बाइबललाई अहिलेसम्म लेखिएका सबै धार्मिक पुस्तकहरुबाट भिन्न तुल्याउँछ? के यस्तो कुनै प्रमाण छ जसले बाइबल साँच्चै परमेश्वरको वचन हो भनी बताउँछ? यस्ता प्रकारका प्रश्नहरु लगायत यदि हामी गम्भीर भई बाइबलिय दाबीहरुलाई हेर्छौँ भने र जाँच्छौँ भने हामी निश्चय नै बुझनेछौँ की बाइबल मात्र परमेश्वरको वचन हो, यो परमेश्वरको प्रेरणाबाट लेखिएको हो र यो हाम्रो विश्वास र अभ्याससँग सम्बन्धित सबै कुराहरुको लागि पर्याप्त छ। बाइबल आफैले नै परमेश्वरको वचन हो भनी गरेको दाबीमा कुनै शंकै छैन। पावलले तिमोथीलाई स्पष्टै आदेश दिएका छन्: जसले भन्छ कि, "तिमी बाल्यकालदेखि पवित्र-धर्मशास्त्रसँग परिचित छौ, जसले ख्रीष्ट येशूमा भएको विश्वासद्वारा मुक्तिको निम्ति तिमीलाई शिक्षा दिन सक्छ। सम्पुर्ण पवित्र-शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्छ, ताकि परमेश्वरको जन हरेक सुकर्ममा पूर्ण रुपले सुसज्जित भई सिद्ध भएको होस्" (२ तिमोथी ३:१५-१७)।

बाइबल परमेश्वरको वचन हो भन्ने विषयमा यहाँ आन्तरिक र बाह्य दुबै प्रमाणहरुलाई दिएको छ। आन्तरिक प्रमाणहरु बाइबल भित्रबाट कै हुन जसले बाइबलको इश्वरीय सुरुवातको बारेमा गवाही दिन्छन्। बाइबल परमेश्वरको वचन हो भन्ने पहिलो आन्तरिक प्रमाण बाइबलमा भएको एकता हो। तैपनि बाइबलमा छुट्टाछुट्टै ६६ पुस्तकहरु छन्, यि किताबहरु ३ महादेशहरुमा लेखिएका हुन्, ३ छुट्टाछुट्टै भाषाहरुमा लेखिए, यि किताबहरु लेख्न झण्डै १५०० वर्षलाग्यो, यि किताबहरु ४० भन्दा बढी लेखकहरुले लेखे जो भिन्न भिन्नै पृष्ठभूमिबाट अएका थिए, तैपनि बाइबल सुरुवात देखि अन्त्यसम्मै मात्र एक पुस्तकको रुपमा निर्विवाद रहन्छ। यो एकताले नै बाइबल परमेश्वरको वचन भएको प्रमाण दिन्छ कि परमेश्वरका जगहरु परमेश्वरद्वारा चलाइए र तिनीहरुले परमेश्वरका वचनहरुलाई अभिलेख गरे अनि एकत्रित गरे। 

बाइबल परमेश्वरको वचन हो भनी प्रमाण दिने दोस्रो आन्तरिक प्रमाण हो अगमवाणी जो बाइबलका पानाहरुमा स्पष्टसँग राखिएको छ। बाइबलमा यस्ता सयौँ व्यक्तिगत भविष्यवाणीहरु दिएका छन् जसमा इस्राएल, अरु शहरहरु, र मानवताको भविष्य उल्लेखित गरिएको छ। अरू भविष्यवाणीहरू आउनेवाला ख्रीष्ट अथवा मसिहको बारेमा, मुक्तिदाता जसलाई संसारका सबैका जातिले विश्वास गर्ने छन्। यि भविष्यवाणीहरु अरु धर्मशास्त्रमा भेटिएका भविष्यबाणीहरु जस्ता छैनन्, अथवा नास्त्रेदेमुसले गरेका भविष्यवाणीहरु जस्ता पनि छैनन् कारण बाइबलीय भविष्यवाणीहरु अग पूर्ण रुपमा स्पष्टसँग अभिलेख गरिएका छन् र पुरा हुनबाट कुनै भविष्यवाणीहरु चुकेका छैनन्। प्रभु येशू ख्रीष्टसँग सम्बन्धित पुरानो करारमा लगभग ३०० भविष्यवाणीहरु छन्। यि भविष्यवाणीहरुमा उहाँ कहाँ जन्मनु हुन्छ र कुन परिवारबाट आउनुहुनेछ, मात्र भनिएन तर कसरी मर्नुहुनेछ र पेरी मृतकहरुबाट पुनरुत्थान पनि हुनुहुने भनी बताइएको छ। पुरा भएका भविष्यवाणीहरुलाई व्याख्या गर्ने अर्को कुनै पनि तार्किक तरिका छैन जबसम्म हामी मानिलिन्नौ कि बाइबलको सुरुवात इश्वरीय प्रेरणा नै हो। यस्तो कुनै पनि धार्मिक पुस्तक संसारमा छैन जसमा बाइबलको जस्तै ऐतिहासिक भविष्यवाणीहरु उल्लेख भइ पुरा भएको प्रमाण होस्। 

बाइबल परमेश्वरको वचन हो भन्ने सम्बन्धमा तेस्रो बाइबलिय आन्तरिक प्रमाण चाँहि बाइबलको अनुपम अधिकार र शक्ति हो। पहिलेका दुई आन्तरिक प्रमाणहरु भन्दा यो प्रमाण चाँहि धेरै विषयगत देखिन्छ, यसमा पनि बाइबलको इश्वरीय सुरुवातको विषयमा भन्दा धेरै कम्ती नै शक्तिशाली गवाही छ भनेको चाँहि होइन। बाइबलको अधिकारको तुलनामा कुनैपनि पुस्तकहरु अहिले सम्म आधिकारीक छैनन्। यो अधिकार र शक्तिलाई उत्तम रूपमा लिइन्छ जसद्वारा अनगिन्ती जीवनहरु परमेश्वरको वचनको औलौकिक शक्तिद्वारा परिवर्तन भए। लागु औषधका दुर्व्यसनीहरु बाइबलद्वारा निको पारिए, समलिङ्गीले यसद्वारा छुटकारा पाए, त्यागेको र निरुत्साहित व्यीक्तिहरु यसबाट परिवर्तन भए, कठोर हृदय भएका अपराधीहरुको जीवन यसबाट सुधार भयो, पापीहरुले यसबाट हप्की र चेतावनी पाए, र घृणा यसबाट प्रेममा परिवर्तन भयो। बाइबलमा गतिशील र रूपान्तरणको शक्ति छ जुन साँच्चीकै परमेश्वरको वचन भएको कारणले नै सम्भव भएको हो। 

बाइबल साँच्चीकै परमेश्वरको वचन हो भन्ने प्रमाण बाइबलीय आन्तरिक प्रमाणहरु बाहेक अरु पनि बाह्य प्रमाणहरु छन्। यि मध्ये एउटा प्रमाण चाँहि बाइबलको ऐतिहासिक विषयवस्तु हो। किनभने बाइबलले ऐतिहासिक घटनाहरूका विवरण दिन्छ, यसको सत्यता र शुद्धता कुनै अन्य ऐतिहासिक दस्तावेज जस्तै प्रमाणिकरण गर्न विषय हो। त्यतिमात्र नभएर पुरातात्विक प्रमाणहरुद्वारा र अरु लिखित कागजातहरुद्वारा बाइबलमा उल्लेखित घटनाहरु समय समयमा पृष्टी भएरहेका छन् जसले बाइबललाई सत्य र ठीक साबित गर्दछन्। वास्तवमा, सबै पुरातात्विक र हस्तलिपीहरुले यस्तो प्रमाण दिन्छन् कि जसले बाइबललाई सबैभन्दा उत्तम र प्राचीन पुस्तक बनाउँदछन्। वास्तवमा बाइबलले ऐतिहासिक महत्वपुर्ण घटनाहरुलाई एकदमै ठीक र सत्यतापूर्ण तरिकाले अभिलेख गर्दछ र जब हामी अन्य धार्मिक विषयहरुमा र सिद्धान्तहरुमा सम्बन्ध राख्छौँ। यो बाइबलिय अभिलेखहरु नै महान चिन्ह वा लक्षणहरु हुन् जसले बाइबलमात्र परमेश्वरको वचन हो भन्ने दाबीलाई प्रमाणित गर्दछ। 

बाइबल परमेश्वरको वचन हो भन्ने विषयमा अर्को बाह्य प्रमाण चाँहि बाइबलका मानविय लेखकहरुको निष्ठा हो। पहिले नै बताइसकियो की, परमेश्वरले विभिन्न पृष्ठभूमिका मानिसहरुलाई आफ्नो वचन लेख्न चलाउनुभयो। यि मानिसहरुको जविनको अध्ययन गर्दा, ती मानिसहरु इमानदार र निष्कपट भएको पाउदछौँ। वास्तवमा तिनीहरुको जीवनको जाँचगर्दा यो कुरो सत्य हो कि आफ्नो विश्वासका खातीर तिनीहरु कष्टदायी मृत्यु मर्न इच्छुक थिए जसले यो प्रमाणित गर्दछ कि मानिसहरू साधारण तर विश्वासयोग्य मानिसहरू थिए जसले वास्तवमा परमेश्वरमा विश्वास गर्दथे जससँग परमेश्वर बोल्नुभएको थियो। ति मानिसहरु जसले नयाँ करार लेखे र ति सयौं विश्वासीहरुले (१ कोरीन्थी १५:६) आफ्नो सन्देशको सत्यतालाई थाहा पाए किनभने तिनीहरुले येशू ख्रीष्टलाई देखेका थिए र येशूको पुनरुत्थान पछि तिनीहरुले उहाँसँग समय बिताएका थिए। बौरी उठेको ख्रीष्टलाई देखेर उनिहरूको जीवनमा ठूलो प्रभाव परेको थियो। डरले लुक्नुभन्दा तिनीहरु परमेश्वरबाट प्रकट भएको मूल सन्देशको खातिर मर्न पनि तयार थिए। तिनीहरुको जीवन र मृत्युले वास्तवमै प्रमाणित गर्दछ की बाइबल परमेश्वरकै वचन हो। 

बाइबल परमेश्वरको वचन हो भन्ने सम्बन्धमा अन्तिम बाह्य प्रमाण चाँहि बाइबलको अविनाशी गुण हो। बाइबलको आफ्नो महत्वपुर्णता र परमेश्वरको एकमात्र वचन भएको दाबीको कारण, बाइबलले इतिहासमा कुनै पनि पुस्तकभन्दा धेरै आक्रमण र निन्दा र कष्ट सहेको छ। प्राचीन रोमी सम्राट जस्तो डायोसीलीश्यिन, देखि कम्यूनिष्ट शासकहरु र आजका आधुनिक नाष्तिकहरु र अज्ञेयवादीहरु सबैबाट बाइबलले आक्रमण र खेदी सहेको तर पनि आज बाइबल आफ्नै ठाउँमा खडा छ र संसारमा सबैभन्दा धेरै छापिने पुस्तकहरुमा प्रथम छ।

समयबित्दै जाँदा, सन्देहवादिहरुले बाइबललाई पौराणिक कथा माने, तर पुरातत्व बिज्ञानले बाइबललाई ऐतिहासिक पुस्तकको रुपमा पुष्टि गरेको छ। विरोधीहरुले बाइबलका शिक्षाहरुलाई पुराना र बितिसकेका भनेर आक्रमण गरे, तर एसको नैतिक र कानुनी धारणा र शिक्षाले सबै संसारमा समाजहरु तथा संस्कृतिहरुमा सकारात्मक र प्रभावकारी छाप परेको छ। बाइबललाई निरन्तररुपमा विज्ञानले, मनोविज्ञानले, र राजनैतिक आन्दोलनहरुले आक्रमण गरिरहेका छन्, तर पनि बाइबल आजपनि सत्य परेश्वरको वचन आफ्नै ठाउँमा स्थिर छ र बाइबल लेखिएको समयमा झै आज पनि यो उस्तै छ। यो त्यही पुस्तक हो जसले बितेका २००० वर्षरुमा अनगिन्ती जीवनहरु र संस्कृतिहरुलाई परिवर्तन गरेको छ। कुनै समस्या र सन्देह छैन कसरी यसका बिरोधीहरुले बाइबललाई आक्रमण गर्ने, नाशगर्ने र मूल्यहिन बनाउने तयारी गर्दछन्, तर बाइबल पहिलेकै अवस्थामा पुर्णरुपमा सत्य पुस्तकको रुपमा रहिरहन्छ; बाइबलको सत्यता र प्रभाव हाम्रो जीवनमा अचूक रूपमा रहिरहन्छ। हरेक प्रकारका आक्रमणका बावजुदपनि, बाइबललाई नष्ट र भ्रष्ट बनाइन खोज्दा पनि बाइबलको सठिकता अझै पनि सुरक्षित छ यो नै बाइबल परमेश्वरको वचन हो भन्ने सत्य गवाही हो। यसले हामीलाई चकित पार्नु हुदैन कि, कसरी बाइबललाई आक्रमण गरिएको छ, तर जहिले पनि बाइबल अपरिवर्तनशील र नाश गर्न नसकिने पुस्तकको रुपमा रहिरहेको छ। यी सबैपछि, येशूले भन्नुभयो, "स्वर्ग र पृथ्वी बितिजानेछ, तर मेरा वचन कहिल्यै बित्नेछैनन्” (मर्कुस १३:३१)। यी सबै प्रमाणहरुलाई हेरिसकेपछि, कसैले पनि बिना शंका भन्न सक्छ कि, हो, बाइबल साँच्चीकै परमेश्वरको वचन हो।

Comments

Popular posts from this blog

नेपालको सबै जिल्लाहरु नाम र तिनिहरुको क्षेत्रफल र जनसंख्या ।

Province No. 1 Edit Districts of Province No. 1 Name Nepali Headquarters Area (km²) Population (2011) Website Bhojpur District भोजपुर जिल्ला Bhojpur 1,507 182,459 [1] Dhankuta District धनकुटा जिल्ला Dhankuta 892 163,412 [2] Ilam District इलाम जिल्ला Ilam 1,703 290,254 [3] Jhapa District झापा जिल्ला Bhadrapur 1,606 812,650 [4] Khotang District खोटाँग जिल्ला Diktel 1,591 206,312 [5] Morang District मोरंग जिल्ला Biratnagar 1,855 965,370 [6] Okhaldhunga District ओखलढुंगा जिल्ला Siddhicharan 1,074 147,984 [7] Panchthar District पांचथर जिल्ला Phidim 1,241 191,817 [8] Sankhuwasabha District संखुवासभा जिल्ला Khandbari 3,480 158,742 [9] Solukhumbu District सोलुखुम्बू जिल्ला Salleri 3,312 105,886 [10] Sunsari District सुनसरी जिल्ला Inaruwa 1,257 763,497 [11] Taplejung District ताप्लेजुंग जिल्ला Taplejung 3,646 127,461 [12] Terhathum District तेह्रथुम जिल्ला Myanglung 679 113,111 [13] Udayapur District उदयपुर जिल्ला Gaighat 2,063 317,532 [14] Province No. 1 प्रदेश नं० १ Biratnag

के जुवा खेल्नु एउटा पाप हो? बाइबलले जुवा खेल्नुको बारेमा के भन्दछ?

प्रश्न: के जुवा खेल्नु एउटा पाप हो? बाइबलले जुवा खेल्नुको बारेमा के भन्दछ? उत्तर:  बाइबलले बिशेषगरि जुवा खेल्नु, शर्त लाउनु, वा चिठ्ठा थाप्नुलाई नराम्रो भन्दैन। यद्यपि बाइबलले हामीलाई रूपैयाँ पैसाको मोहबाट टाढा रहने चेतावनी दिन्छ (१ तिमोथी ६:१०; हिब्रू १३:५)। धर्मशास्त्रले हामीलाई “छिटो धनि बन्ने” कुराबाट टाढा बस्नु प्रोत्साहन गर्छ (हितोपदेश १३:११; २३:५; उपदेशक ५:१०)। जुवा खेल्नु निश्चय पनि पैसा प्रतिको मोहमा नै केन्द्रित हुन्छ र छिटो र सहजिलै धनी हुने लोभमा पर्दछ। जुवा खेल्नुमा के गलत छ? जुवा खेल्नु असहज विषय हो किनभने यदि यो नियन्त्रणमा र कहिलेकाहिँ मात्र खेलिन्छ भने, यो एउटा पैसा खेर फाल्नु हो तर यो अनिवार्य रुपले “खराब” चाहिँ होइन। मानिसहरुले धेरै किसिमका किर्याकलापहरुमा पनि पैसा खेर फाल्छन्। जुवा खेलेर पैसा नष्ट गर्ने वा चलचित्र हेरेर (धेरै उदाहरणमा), अनावश्यक खर्चिलो खानेकुरामा, अथवा बिनाकामको सामानहरु किनेर पैसा खर्च गर्ने बीच धेरै-धेरै भिन्नता भने हुदैनन्। यसै क्षणमा, अन्य थोकमा पनि पैसा खेर फालिन्छ भन्नाले जुवा खेल्नु उचित हो भन्ने हुदैन। रूपैयाँ-पैसा खेर फाल्नु हुदैन। भ

फेसबुकले लाइभ फिचरमा कडाइ गर्ने भएको छ । तर किन ! (पूरा बिबरण हेर्नुहोल )

सानफ्रान्सिस्को — सामाजिक सञ्जाल फेसबुकले आफ्नो लाइभ फिचरमा कडाइ गर्ने भएको छ । न्युजिल्याण्डमा भएको गोलीबारीको घटनाको विषयलाई लिएर फेसबुले लाइभ फिचरमा केही कडाइ गर्ने लागेको हो । गत मार्च १५ मा  क्राईस्टचर्चको दुई मस्जिदमा बन्दुकधारीले अन्धाधुन्ध गोली हानी ५१ जनालाई मारेको  भिडियो फेसबुकमा लाइभ गरेपछि फेसबुकले यस्तो निर्णय आएको हो । फेसुबकले एक विज्ञाप्ति निकाल्दै फेसबुक लाइभमा 'वान स्ट्राइक पोलिसी' लगाइने जनाएको छ। जस अनुसार प्रयोगकर्ताहरुले कम्पनीको नियम उलंघन गरे उनीहरुकाे 'लाइभ फिचर' केही समयका लागि बन्द गरिनेछ ।फेसबुकले कस्ता कार्यहरु 'वान स्ट्राइक पोलिसी'मा पर्ने भन्ने बारे उल्लेख नगरेकोरोयटर्सले जनाएको छ । न्युजिल्याण्डका प्रधानमन्त्री जेसिनथा आर्ड्रनले फेसबुकको यो निर्णयले आतंककारी गतिविधिलाई निरुत्साहित बनाउने बताएकी छन् । फेसबुकले न्युजिल्याण्डमा भएको गोलीबारीको घटनासँग सम्बन्धित विश्वभरबाट फेसुकले १५ लाख वटा भिडियो हटाइको जनाएको छ ।